काठमाडौं: गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ ।
अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन् । सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन ।
जनवरीमा अष्ट्रेलियाबाट १ हजार २१३, बंगलादेशबाट १ हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट ३ हजार ९१६, बेलायतबाट १ हजार ८२४ र अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ ।
गत जनवरीमा नेपाल भ्रमणमा रहेका १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेका छन् । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन ।
जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन् ।
विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्दछ । कोरोना नियन्त्रण गर्न विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेको थियो । कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत विस्तारै बढ्न थालेको छ ।
कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…