स्वदेश र विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सी कारोबार गर्न नपाउने

काठमाडौं । केन्द्रिय बैंकले आइतबार एक सूचना जारी गर्दै भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतका कारोबार तथा व्यवसायमा संलग्न नहुन सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार नेपालभित्र बस्ने नेपाली र विदेशी नागरिकले मात्र होइन, विदेशमा बस्ने नेपालीहरूले समेत यस्तो कारोबार गर्न पाउने छैनन् ।

‘त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सीहरूको कारोबार तथा त्यस्ता भर्चुअल एवम् क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आवद्ध हुन प्रोत्साहित गर्ने गराउने कार्य गरेको जानकारी प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

‘सो सम्बन्धमा यस राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा अगाडि भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, वैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुन जान्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago