काठमाडौं । केन्द्रिय बैंकले आइतबार एक सूचना जारी गर्दै भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतका कारोबार तथा व्यवसायमा संलग्न नहुन सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार नेपालभित्र बस्ने नेपाली र विदेशी नागरिकले मात्र होइन, विदेशमा बस्ने नेपालीहरूले समेत यस्तो कारोबार गर्न पाउने छैनन् ।
‘त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सीहरूको कारोबार तथा त्यस्ता भर्चुअल एवम् क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आवद्ध हुन प्रोत्साहित गर्ने गराउने कार्य गरेको जानकारी प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
‘सो सम्बन्धमा यस राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा अगाडि भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, वैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुन जान्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…