आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै : आजदेखि सबै भन्सारमा एकद्वार अनलाइन प्रणाली

काठमाण्डौ – आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।

विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको मुख्य नारा डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने रहेको छ । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ । विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको उहाँको भनाइ छ । एकद्वार प्रणालीपछि व्यवसायीले भोग्दै आएका झन्झटबाट मुक्त हुने विभागको दाबी छ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु गैरकानुनी मानिन्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago