सरकार गठनका लागि प्रचण्डले गरे राष्ट्रपतिसमक्ष दाबी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दिएको एक साताको समयसीमाभित्रै आइतबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्। राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्डले नयाँ सरकारका लागि आफ्नो दाबी पेश गरेका हुन्।

आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा एमाले–माओवादीसहितका दलहरुको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको थियो। प्रचण्डलाई १६७ सांसदको समर्थन मिलेको छ। उनलाई स्वतन्त्रबाट निर्वाचित अमरेशकुमार सिंहले पनि समर्थन गर्ने भएका हुन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago