सरकार गठनका लागि प्रचण्डले गरे राष्ट्रपतिसमक्ष दाबी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दिएको एक साताको समयसीमाभित्रै आइतबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्। राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्डले नयाँ सरकारका लागि आफ्नो दाबी पेश गरेका हुन्।

आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा एमाले–माओवादीसहितका दलहरुको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको थियो। प्रचण्डलाई १६७ सांसदको समर्थन मिलेको छ। उनलाई स्वतन्त्रबाट निर्वाचित अमरेशकुमार सिंहले पनि समर्थन गर्ने भएका हुन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago