पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

उकालो बाटोमा बस दुर्घटना भएकाले चालकले बताए अनुसार दुर्घटनाको कारण लाई बिस्वस्त हुने आधार भने न्यून छ । जानकारका अनुसार चालक निदाएको वा मोबाइलका कारण दुर्घटना भएको हुन सक्ने आसङ्का गरिएको छ

तानसेन । आइतबार अपराह्न भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको शव पहिचान खुलेको छ। २२ जना यात्रु लिएर बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार अपरान्ह साढे ४ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जना यात्रुहरूले घटनास्थलमा नै ज्यान गुमाएका थिए ।

ज्यान गुमाउनेहरु गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. – ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ का ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका वडा नं. ७ की ८७ वर्षिया डिलसरी कामी, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ का ४५ वर्षीय यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ५ की २४ वर्षीया पूर्णिमा कामी र बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं. १० की ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवंसूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटना स्थल । तस्बिर सामाजिक संजाल बाट साभार

यस्तै दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जना उपचार पछि डिस्चार्ज भएका छन् । ८ जनाको तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अस्पतालमा उपचारत म्याग्दी रुमा गाउँपालिका वडा नं. ४ की ३९ वर्षीया सुमित्रा रोका र रुपन्देही देवदह नगरपालिका वडा नं. ७ का खड्कबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको बिस्वासिलो कारण खुलेको छैन । सडकको दायाँ तर्फ डिल भासिएको छ । गाडीको स्टेरिङ लक भएर दुर्घटना भएको चलकले बताएका छन । उकालो बाटोमा बस दुर्घटना भएकाले चालकले बताए अनुसार दुर्घटनाको कारण लाई बिस्वस्त हुने आधार भने न्यून छ । जानकारका अनुसार चालक निदाएको वा मोबाइलका कारण दुर्घटना भएको हुन सक्ने आसङ्का गरिएको छ । दुर्घटना स्थल यो भन्दा पहिले पनी बस दुर्घटना भएको स्थान हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago