पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

२०७९, ९ श्रावण सोमबार १४:०१

उकालो बाटोमा बस दुर्घटना भएकाले चालकले बताए अनुसार दुर्घटनाको कारण लाई बिस्वस्त हुने आधार भने न्यून छ । जानकारका अनुसार चालक निदाएको वा मोबाइलका कारण दुर्घटना भएको हुन सक्ने आसङ्का गरिएको छ

तानसेन । आइतबार अपराह्न भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको शव पहिचान खुलेको छ। २२ जना यात्रु लिएर बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार अपरान्ह साढे ४ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जना यात्रुहरूले घटनास्थलमा नै ज्यान गुमाएका थिए ।

ज्यान गुमाउनेहरु गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. – ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ का ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका वडा नं. ७ की ८७ वर्षिया डिलसरी कामी, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ का ४५ वर्षीय यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ५ की २४ वर्षीया पूर्णिमा कामी र बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं. १० की ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवंसूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

बस दुर्घटना स्थल । तस्बिर सामाजिक संजाल बाट साभार

यस्तै दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जना उपचार पछि डिस्चार्ज भएका छन् । ८ जनाको तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अस्पतालमा उपचारत म्याग्दी रुमा गाउँपालिका वडा नं. ४ की ३९ वर्षीया सुमित्रा रोका र रुपन्देही देवदह नगरपालिका वडा नं. ७ का खड्कबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको बिस्वासिलो कारण खुलेको छैन । सडकको दायाँ तर्फ डिल भासिएको छ । गाडीको स्टेरिङ लक भएर दुर्घटना भएको चलकले बताएका छन । उकालो बाटोमा बस दुर्घटना भएकाले चालकले बताए अनुसार दुर्घटनाको कारण लाई बिस्वस्त हुने आधार भने न्यून छ । जानकारका अनुसार चालक निदाएको वा मोबाइलका कारण दुर्घटना भएको हुन सक्ने आसङ्का गरिएको छ । दुर्घटना स्थल यो भन्दा पहिले पनी बस दुर्घटना भएको स्थान हो ।

Comments

ताजा खबर