अस्थिर मानिसको पराकाष्ट, भट्टराई पक्षको नयाँदल, नेपाल समाजवादी पार्टी

काठमाडौँ: जनता समाजवादी पार्टीबाट अलग भएका बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन गर्ने टुंगो लागेको छ । हिसिला यमीले पार्टीको नाम टुंगो लागेको बताइन् । ‘पार्टीको नाम टुंगो लागिसकेको छ, निर्वाचन आयोगमा दर्ता प्रक्रियालगायत केन्द्रीय समितिबारे गृहकार्य भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी अधिकारीसहित खस आर्य, आदिवासी जनजाति र मधेसी गरी तीन अध्यक्षको व्यवस्था हुने छ ।’ उनले पार्टीको विधानलाई अन्तिम रुप दिने काम भइरहेको जनाइन् ।

भट्टराईले नयाँ पार्टीको अध्यक्ष आफू नहुने केही दिन अघि कान्तिपुरसँगको अन्तर्वार्तामा बताएका थिए । नेपाली राजनीतिमा पुरानो पुस्ताले नेतृत्व छाड्दै नयाँलाई अघि आउन सघाउनुपर्ने उनको जिकिर थियो । तर भट्टराईले नेतृत्व नगरे नयाँ दल सञ्चालन सहज नहुने बुझाइ उनको समूहमा छ ।
अध्यक्षबारे अझै टुंगो नलागेको यमीले जनाइन् । जसपालाई पुनर्गठन गरी नयाँ समावेशी पार्टी बनाउने उद्देश्यसहित भट्टराई पक्ष अलग भएको थियो । आगामी निर्वाचनमा ‘समाजवादी केन्द्र’ बनाउने भन्दै भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गरिरहेका छन् ।

Kamal Panthi

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago