दुर्घटना अपडेट ।
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा भएको बस दुर्घटना ६ जनाको मृत्यु भएको छ ।
बाग्लुङ्गबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २३ जना यात्रु सवार रहेको बताइएको छ । घटनास्थलमा ६ जनाको मृत्यु भएको हो भने १७ जनाको उपचारका लागी तानसेन मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनुभयो । घाइतेको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा अहिलेसम्म उद्धार भईरहेको छ । स्थानिय र प्रहरीको टोलीले उद्धारलाई जारी राखेका छन ।
दुर्घटना स्थल पहिला पनी दुर्घटना भएको स्थान हो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको पाल्पा प्रहरीले जानएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…