काठमाडौँ: इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८.५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१.४५ प्रतिशत मत प्राप्त गरेकी छन् ।
पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका थिए भने दोस्रो स्थानमा आउन सफल पेनले २३.४७ प्रतिशत मत ल्याएकी थिइन् ।
राष्ट्रपतिमा म्याक्रों निर्वाचित भएपछि उनकी प्रतिस्पर्धी मरिन ले पेनले आफूलाई प्राप्त मत नै आफ्नो लागि ठूलो जित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
सोमबार राति निर्वाचनको अन्तिम मतपरिणाम आएपछिको सम्बोधनमा राष्ट्रपति म्याक्रोंले फ्रान्सेली नागरिकमा रहेको गुनासो र आवेगलाई सम्बोधन गर्नुपर्ने र त्यो जिम्मेवारी पुनः आफ्नो काँधमा आएको बताए ।
म्याक्रोंको जितसँगै युरोपेली राष्ट्रका शीर्ष नेताहरूले सामाजिक सञ्जालमार्फत उनलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…