इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ: इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८.५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१.४५ प्रतिशत मत प्राप्त गरेकी छन् ।
पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका थिए भने दोस्रो स्थानमा आउन सफल पेनले २३.४७ प्रतिशत मत ल्याएकी थिइन् ।
राष्ट्रपतिमा म्याक्रों निर्वाचित भएपछि उनकी प्रतिस्पर्धी मरिन ले पेनले आफूलाई प्राप्त मत नै आफ्नो लागि ठूलो जित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

सोमबार राति निर्वाचनको अन्तिम मतपरिणाम आएपछिको सम्बोधनमा राष्ट्रपति म्याक्रोंले फ्रान्सेली नागरिकमा रहेको गुनासो र आवेगलाई सम्बोधन गर्नुपर्ने र त्यो जिम्मेवारी पुनः आफ्नो काँधमा आएको बताए ।
म्याक्रोंको जितसँगै युरोपेली राष्ट्रका शीर्ष नेताहरूले सामाजिक सञ्जालमार्फत उनलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago