एजेन्सी । खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गोल गर्दै जर्मनीलाई विश्वकप २०२२ को पहिलो खेलमा २–१ ले पराजित गरेको छ।
चारपल्टको विश्वकप विजेता जर्मनीले लगातार दोस्रोपल्ट विश्वकपको पहिलो खेलमा हार बेहोरेको हो ।
उसलाई रूसमा सन् २०१८ मा मेक्सिकोले १–०ले पराजित गरेको थियो । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलो जित रचेको हो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इकाय गुन्डोगनको पेनाल्टी गोलमा जर्मनीले ३३ औं मिनेटमा १–० को अग्रता लिएको थियो ।
रित्सु डोआनले रिबाउन्डमा गोल गर्दै ७५ औं मिनेटमा १–१ को बराबरीमा पु-याएका थिए । ताकुमा आसानोले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २–१
ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गोलकर्ता सब्स्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका हुन् ।
पहिलो हाफमा आक्रामक प्रदर्शन गरेको जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन । कमजोर देखिएको जापानले पनि दुई अवसर पाएको थियो तर
उपयोग गर्न सकेन । दोस्रो हाफमा पनि जर्मनी बलियो देखिएको थियो । तर, फिनिसिङमा जापानी खेलाडी प्रभावशाली भए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…