एजेन्सी । खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर दुई गोल गर्दै जर्मनीलाई विश्वकप २०२२ को पहिलो खेलमा २–१ ले पराजित गरेको छ।
चारपल्टको विश्वकप विजेता जर्मनीले लगातार दोस्रोपल्ट विश्वकपको पहिलो खेलमा हार बेहोरेको हो ।
उसलाई रूसमा सन् २०१८ मा मेक्सिकोले १–०ले पराजित गरेको थियो । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलो जित रचेको हो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इकाय गुन्डोगनको पेनाल्टी गोलमा जर्मनीले ३३ औं मिनेटमा १–० को अग्रता लिएको थियो ।
रित्सु डोआनले रिबाउन्डमा गोल गर्दै ७५ औं मिनेटमा १–१ को बराबरीमा पु-याएका थिए । ताकुमा आसानोले ८३ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै जापानलाई २–१
ले अगाडि बढाए । जर्मन क्लबमा आवद्ध यी दुवै गोलकर्ता सब्स्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका हुन् ।
पहिलो हाफमा आक्रामक प्रदर्शन गरेको जर्मनीले थुप्रै अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन । कमजोर देखिएको जापानले पनि दुई अवसर पाएको थियो तर
उपयोग गर्न सकेन । दोस्रो हाफमा पनि जर्मनी बलियो देखिएको थियो । तर, फिनिसिङमा जापानी खेलाडी प्रभावशाली भए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…