बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडे

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।

‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसाग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ । ‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ ? राज्यले त्यसको व्यवस्था के गर्न सक्छ ?’ नेता झा को सरकारलाई प्रश्न छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था छ । ७ बर्षसम्म राजनीतिक अधिकार बाहेकको अधिकार प्राप्त गर्ने गरी आवासीय अनुमति पत्र दिने व्यवस्था पनि छ । यो व्यवस्था सहितको नागरिकता विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा छ ।

नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकलाई अगाडि बढाउने तयारी सरकारले गरिरहेका बेला नेता झाले नागरिकता विधेयकलाई जतिसक्दो छिटो टुंग्याउनुपर्ने बताएका छन् । तर, उनले विदेशी बुहाीलाी ७ बर्षपछि मात्रै नागरिकता दिने प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago