अपराधी जस्तो व्यवहार भयो, गल्ती महसुस नगरे जे पनि गर्ने!

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको कल्पना नगरेको तर ‘डिलमा पुर्‍याएर लात्तिले हान्न खोजे जे पनि हुने’ बताए ।
‘पार्टीमा विभाजन, बिग्रह आउने कुरा हामीले सोचेका छैनौं तर डिलमा पुर्‍याएर लात्ताले हिर्कायो भने त जे पनि गर्न सक्छौं नि’ मन्त्री श्रेष्ठले ईकान्तिपुरसँग भने,’ हामीले पार्टी छोड्ने कल्पना अहिलेसम्म गरेका छैनौं । तर परिस्थिति त्यस्तो बनाइदियो भने जे पनि हुन सक्छ ।’
उनले बजेट पास भएपछि छोड्छौैं भन्दा पनि पार्टीले त्यो कुरा नसुनेकोमा उनले गुनासो गरे । ‘हामी पार्टीले गरेको निर्णय मान्छौं त्यसमा दुईमत छैन । हामी एकमत छौं,’ उनले भने, ‘तर बजेट पास भएपछि हामीले छोड्छौं भनेकै हौं । त्यसो भन्दा सुख पाइएन अपराधी जस्तो व्यवहार भयो ।’ उनले पार्टीबाट मन्त्री भएकाहरु कसैलाई राख्ने र कसैलाई हटाउने कदम अनुचित भएको बताए ।

‘असोज २२ गते हामी ५ जनाले शपथ खाएको हो । निकाल्दा पाँचै जनालाई निकाल्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्न पाइँदैन,’ उनले भने । अहिले नेकपा एसबाट राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीबाट बढुवा गर्ने सिफारिस गरेको छ । अन्य चार जना मन्त्रीलाई हटाएर नयाँ पठाउन लागिएको छ । एउटै जिल्लाबाट दुई जनालाई मन्त्रीमा सिफारिस गरिएकोमा पनि असन्तुष्टहरुको आपत्ति छ ।

हामी चारै जनाले स्थानीय निर्वाचनभन्दा अघि श्रद्धेय अध्यक्षलाई भेटेर हामी मार्गप्रशस्त गर्न तयार छौं तर हामीलाई पहिले जानकारी होस् है भनेका थियौं । सकिन्छ एक हप्ताको सकिंदैन २४ घण्टा अघि,’ उनले भने,’यो पार्टी बनाउन त हाम्रो पनि योगदान छ नि । राजनीतिक जीवन धरापमा पारेर आएको हो नि । अहिले वडा सदस्य समेत नभएकाहरुले पार्टीमा हालिमुहाली गरेको हामीलाई मान्य हुँदैन ।’

उनले पार्टीले गल्ती महसुुस गर्नै पर्ने बताए । ‘पार्टीले हामी पनि कार्यकर्ता हौं भन्ने ठानेर गल्ती महसुस गर्नुपर्‍यो त्यसमा पार्टीप्रति हामी बफादार छौं । पार्टीले गरेको निर्णय स्वीकार्छौं । तर पार्टीले गल्ती रियलाइज गर्नुपर्‍यो त्यो भयो भने सौहार्द्ध हुन्छ । होइन ‘हाकी खेल्ने’ हो भने ‘हाकी खेल्दा’ जे पनि हुनसक्छ ।’

Comments
Kamal Panthi

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago