ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनले जितेका छन्।
सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट उठेका चिरिबाबु महर्जन महानगरको मेयरमा दोहोरिएका हुन् । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारसँग अत्यन्तै फराकिलो मतान्तरका साथ उनी महानगरको नेतृत्व हाँक्न पुगेका छन्।
महर्जनले व्यन्जनकारलाई १७ हजार हाराहारी मतले पछि पार्दै दोस्रो पटक मेयर बनेका छन्। २०७४ को निर्वाचनमा पनि महर्जन र व्यन्जनकारबीच नै भिडन्त भएको थियो। अघिल्लो पटक कडा प्रतिस्पर्धाबीच ३ सय २३ मतले मात्रै जितेका महर्जनले यसपटक सत्ता गठबन्धनको समर्थनमा उठ्दा फराकिलो मतान्तरको जित निकालेका छन्।औपचारिक घोषणा भने बाँकी छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…