ठूलो मतान्तरले जितेका चिरिबाबुसँग महानगरवासीका स-साना अपेक्षा

२०७९, १० जेष्ठ मंगलवार २१:५२

ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनले जितेका छन्।
सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट उठेका चिरिबाबु महर्जन महानगरको मेयरमा दोहोरिएका हुन् । एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारसँग अत्यन्तै फराकिलो मतान्तरका साथ उनी महानगरको नेतृत्व हाँक्न पुगेका छन्।

महर्जनले व्यन्जनकारलाई १७ हजार हाराहारी मतले पछि पार्दै दोस्रो पटक मेयर बनेका छन्। २०७४ को निर्वाचनमा पनि महर्जन र व्यन्जनकारबीच नै भिडन्त भएको थियो। अघिल्लो पटक कडा प्रतिस्पर्धाबीच ३ सय २३ मतले मात्रै जितेका महर्जनले यसपटक सत्ता गठबन्धनको समर्थनमा उठ्दा फराकिलो मतान्तरको जित निकालेका छन्।औपचारिक घोषणा भने बाँकी छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु