एमालेले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट भागबण्डामै अलमलियो

झापा: झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी दर्ता गर्नेछ । सबैले चासोका साथ हेरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले केन्द्रीय सदस्य तथा हालकी उपप्रमुख गीता अधिकारीले नगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनु भयो ।

गठबन्धनका दलले एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण पनि दमकमा चुनाव लड्ने योजना बनाएका छन् । दमकमा अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलका रूपमा रहेको राप्रपालाई पनि सँगै लिएर जाने निणर्य गरेको छ । तर, राप्रपाले नगरप्रमुख पदको अडान छाडेको छैन । स्रोतका अनुसार जिल्लास्तरीय चार दलीय गठबन्धनले दमकमा माओवादीलाई नगरप्रमुख दिने टुंगो लगाएको छ । यो नगर प्रमुख पद राप्रपालाई दिएर गठबन्धन गर्दै अघि बढ्ने तयारी भइरहेको दमकका एक माओवादी नेताले जनाए ।

झापाका सबै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा पनि सत्ता गठबन्धनका दलले भने सिट बाँडफाँटको काम पनि सकेका छैनन् । केही हप्ताभन्दा लामो समयदेखि निरन्तर सिट बाँटफाँटको प्रयासमा सक्रिय पाँच दलीय गठबन्धनले उम्मेदवारी मनोनयनको दिनसम्म पनि सिट बाँडफाँडको काम नसकेको हो ।

पाँच दलीय गठबन्धनभित्रै खटपट हुँदा भागबन्डा सकिएको छैन । नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका दलले अपमान गर्न खोजेको भन्दै एक्लै लड्ने बताउँदै आएको छ । आइतबार गठबन्धनका दलका कोही पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराइनसकेको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । ‘गठबन्धनका दलका कोही उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । भोलि मात्र गराउने हो,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार अझै सिट बाँडफाँटको काम सकिएको छैन । ‘सिट बाँडफाँटको काम सकिएको छैन । आज रातिसम्म भए पनि जसरी बाँटफाँटको काम सक्छौँ,’ उहाँले भन्नुभयो, ‘छलफल निरन्तर भइरहेको छ ।’

जिल्लाको गठबन्धनको दलले सिट बाँडफाँटको सिफारिसका लागि कांग्रेस सचिव हुमागाईंको संयोजकत्वमा चार सदस्यी कार्यदल बनाएको छ । कार्यादलमा केही समयदेखि निरन्तर छलफल भइरहेको छ । कार्यदलमा भएको छलफलमा केही दलले असन्तुष्टि पनि जनाएका छन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago