आज कांग्रेसबाट माओवादीमा प्रवेश गरेको १ घण्टामै मेयरको टिकट

सुर्खेत: त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनु भएको हो ।

नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका पुगेर नेता विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको विष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिनुभएको थियो । नेता विष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता विष्टले कांग्रेस सामन्तवाद र पुँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गर्नुभयो । लामोसमय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग गर्दै आए पनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उहाँले बताउनु भयो ।

नेता विष्ट जनमत भएका प्रभावशाली नेताको रूपमा परिचित हुनुहुन्छ । पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोग्नुभएको विष्ट विगत २९ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५२ सालमा कांग्रेस पार्टी सभापतिसमेत हुनु भएको थियो ।

विष्टकी श्रीमती दिलमाया विष्ट पनि महिला संघ जिल्ला अध्यक्षबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेता कार्यकर्ताको दबाब भएकाले उम्मेदवारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको विष्टले दाबी गर्नुभयो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago