पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पुर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए।

टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू समेत सर्वसम्मत चयन गरेको थियो। जसअन्तगत मोरंङ्मा प्रकाश कोइराला, झापामा विनोद कार्की, सुनसरीमा मदन खडका, उदयपुरमा मिरा दनुवार, पॅाचथरमा मुक्साहांङ लावती, तेह्रथुममा शिशिर निगंलेखु लिम्वु, ओखलडुगामा विमल कार्की र भोजपुरमा कविर ताम्राकार चयन भए। बाँकी जिल्ला संयोजकहरू कार्यसमिति बैठकले चयन गर्ने र जिल्ला समितिहरूमा पनि कम्तिमा तीन जना चयन गरिने छ।

यसैगरि संस्थाको संरक्षकमा निवर्तमान अध्यक्ष सुभाष प्रसाद लोहनी सहित सल्लाहकारहरूमा डिल्लीराम सिवाकोटी, संजीव राई र आनन्द कोइरालालाई चयन गरेको छ। निवर्तमान अध्यक्ष सुभाषप्रसाद लोहनीको सभापतित्वमा भएको उदघाटन सत्रमा विधान कमिटिका तथा संस्थापक सदस्य आनन्द कोइरालाले स्वागत मन्तव्य सहित संस्था स्थापनाको ळक्ष्य र उदेश्य वारेमा प्रकाश पार्नु भएको थियो।

यस्तै प्रमुख अतिथि जनजाति महासंघ जापानका अध्यक्ष संजीव राई, शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा,किरात याक्थुङ चुम्लुङ जापानका महासचिव मुक्साहांङ लावती लगायतले संस्थाले पूर्वी नेपालबाट जापानमा रहेका हरेक नेपालीहरूको लगत राख्ने, आपतकालिन अवस्थामा सहयोग गर्ने र पूर्वी नेपालको विकासका कार्यक्रमहरूमा हातेमालो गर्न अग्रसर हुनुपर्ने आवश्यकता औल्याउनु भयो। यस्तै पूर्वी नेपालबाट आएर जापानमा क्रियाशिल अन्य संघसस्थाहरूसंग पनि सहकार्य गर्न सुझाव दिनुभयो। सोही अवसरमा अतिथि तथा प्रमुख अतिथिहरूले संस्थाले आफ्ना गतिविधिहरू समेटेर प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको थियो।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago