मासिक तलब विपन्न परिवारका बालबालिकाको अध्ययनमा खर्च – वडाध्यक्ष उम्मेदवार कार्की

बिर्तामोड, बैशाख ९ । नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस बिर्तामोडको ८ नं वडा समितिबाट सर्वसम्मत वडाध्यक्षमा सिफारिस भएका कार्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । वडाबासीहरुको अत्यधिक मतले विजयी हुने आत्मविश्वास बोकेका युवा उम्मेदवार कार्कीले नेकपा एमाले र राप्रपाका उम्मेदवारभन्दा आफूलाई पृथक र अब्बल प्रतिष्पर्धीको रुपमा ठानेका छन् ।

एमालेबाट विष्णु भट्टराई र राप्रपाबाट बहालवाला वडाध्यक्ष अजय कार्की वडाध्यक्षमा उठ्ने भएका छन् । ‘उहाँहरु मेरा आफन्त र सहकर्मी हुनुहुन्छ ’उनले भने ,‘चुनावी प्रतिष्पर्धामा म आफूलाई पृथक र अब्बल प्रतिष्पर्धी ठान्छु ।’

लामो सयम वैदेशिक रोजगारमा बसेर फर्किएका कार्कीले वडाबासीको चाहना र नेपाली काँग्रेसको वडा समितिको सर्वसम्मत सिफारिसमा आफूले उम्मेदवारी दिने बताए । २०४६ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरी काँग्रेसको राजनीतिमा सक्रिय भएका कार्की २०६५ सालमा वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थिए । त्यहीँबाट अमेरिका गई केही समय काम गरिसकेपछि नेपाल फर्केर पुनः राजनीति र समाजसेवामा सक्रिय भएको उनको भनाई छ ।

२०४६ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्कीले २०५९ सालमा निर्वाचित भई एक कार्यकाल मेची बहुमुखी क्याम्पसको स्ववियु उपसभापति रहुन्जेलसम्म विद्यार्थी राजनीति गरेको जनाएका छन् ।

२०६० सालमा पार्टीको क्षेत्रीय सभापति रहेर पार्टी राजनीति गरेको बताउँदै वडाध्यक्षका उम्मेदवार कार्कीले पूर्व राजा ज्ञानेन्द्रले ‘शाही कु’ गरेको समयदेखि २०६२/ ६३ को आन्दोलन सफल हुन्जेल महत्वपूर्ण योगदान गरेको सुनाए । उनले लामखुट्टे नियन्त्रण , धुलो धुवाँ नियन्त्रणजस्ता आफ्नो चुनावी एजेन्डा भएको बताउँदै उनले वडाध्यक्ष भए आफूले पाउने मासिक पारिश्रमिक विपन्न परिवारका बालबालिकाको अध्ययनमा खर्च गर्ने उद्घोेष गरे ।

कार्कीसँगै वडा सदस्य पदमा धर्मेन्द्र सिटौला र सरस्वती खतिवडाले पनि नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार भेटघाटमा नेपाली काँग्रेस बिर्तामोड ८ का वडा सभापति उत्तम कटुवालको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago