दमकमा राप्रपा र गठबन्धनबीच सहमति, थापालाई मेयर उपमेयरमा पुरी

झापा ,झापाको दमकमा सत्तारुढ गठबन्धन र राप्रपाबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ ।

लामो छलफलपछि गठबन्धनमा रहेका जिल्लाका दलहरु र राप्रपाबीच आन्तरिक सहमति भएको हो ।

यसअघि प्रदेश स्तरीय बैठकमा पनि त्यस्तो सहमति बनेको थियो । दलहरुबीच भएको छलफलमा राप्रपालाई मेयरसहित २ वटा वडा , माओवादीलाई उपमेयरसहित २ वटा वडा र कांग्रेसलाई ६ वटा वडा तथा जसपा , नेकपा एसलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ । राप्रपाको राम्रो पकड रहेको दमकमा ६ दलीय गठबन्धन बनेपछि एमालेलाई गाह्रो पर्ने देखिएको छ । एमालेले दमकमा मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाललाई उठाउने निर्णय गरेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago