बीमा कम्पनीको पुँजी वृद्धिको योजना स्वीकृत गरेको छ।

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।

समितिको सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो। ‘बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ’, बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने।

हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ।

यसअघि नै बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा भने प्रस्ताव गरिसकेको थियो।

यसअघि पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकतवमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले योजना तयार पारी बीमा समितिलाई बुझाएको थियो। कार्यदलले पेस गरेको योजनामा आज तेस्रोपटक बोर्ड बैठकमा छलफल भएको होे। यसअघि दुईपटक यस विषयमा छलफल भइसकेको थियो।

बैठकले २०७९ चैत मसान्तभित्र कम्पनीहरुले तोकिएको चुक्तापुँजी पुर्याउनुपर्ने निर्णय पनि गरेको छ।

बैठकले अब ३० दिनभित्रमा बीमा कम्पनीहरुलाई तोकिएको पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिने पनि निर्णय गरेको छ। ‘सम्बन्धित कम्पनीको पुँजी वृद्धि योजनालाई अध्ययन गरेर र ती कम्पनीको आवश्यकतालाई समेत दृष्टिगत पुँजी वृद्धि योजना स्वीकृत गरिनेछ’, बीमा समितिको सञ्चालक समितिका एक सदस्यले भने, ‘पुँजी वृद्धिको विकल्पका रुपमा मर्जर, बोनस सेयर र हकप्रदसमेतमा जान सकिनेछ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago