बीमा कम्पनीको पुँजी वृद्धिको योजना स्वीकृत गरेको छ।

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।

समितिको सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो। ‘बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ’, बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने।

हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ।

यसअघि नै बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा भने प्रस्ताव गरिसकेको थियो।

यसअघि पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकतवमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले योजना तयार पारी बीमा समितिलाई बुझाएको थियो। कार्यदलले पेस गरेको योजनामा आज तेस्रोपटक बोर्ड बैठकमा छलफल भएको होे। यसअघि दुईपटक यस विषयमा छलफल भइसकेको थियो।

बैठकले २०७९ चैत मसान्तभित्र कम्पनीहरुले तोकिएको चुक्तापुँजी पुर्याउनुपर्ने निर्णय पनि गरेको छ।

बैठकले अब ३० दिनभित्रमा बीमा कम्पनीहरुलाई तोकिएको पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिने पनि निर्णय गरेको छ। ‘सम्बन्धित कम्पनीको पुँजी वृद्धि योजनालाई अध्ययन गरेर र ती कम्पनीको आवश्यकतालाई समेत दृष्टिगत पुँजी वृद्धि योजना स्वीकृत गरिनेछ’, बीमा समितिको सञ्चालक समितिका एक सदस्यले भने, ‘पुँजी वृद्धिको विकल्पका रुपमा मर्जर, बोनस सेयर र हकप्रदसमेतमा जान सकिनेछ।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago