कल्याणकारी सुविधा थप विस्तार गरिन्छ- प्रधान सेनापति

कैलाली कैलालीको तेघरीस्थित भवानी दल गणमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । बिहीबार कैलालीमा  आयोजित पूर्व सैनिक सम्मेलनलाई संवोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त सैनिकहरूको भूमिकाको प्रशंसा गरेका छन् ।

फाइल फोटो

सम्मेलनमा पूर्व सैनिक तथा परिवारको उपस्थितिले नेपाली सेनालाई थप हौसला मिलेको बताउँदै प्रधानसेनापति शर्माले कल्याणकारी सुविधा विस्तार गर्ने बताए । उनले भने– ‘सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म कल्याणकारी सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिनेछ ।’

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा आयोजित सम्मेलनमा कैलाली र कञ्‍चनपुरमा बसोबास गर्ने करीब २३ हजार पूर्व सैनिक तथा परिवारजनको सहभागिता थियो । सम्मेलनमा कञ्‍चनपुर जिल्लामा बस्ने ९३ वर्षका पूर्व सैनिक हुद्धा खड्‍गसिंह खत्री, स्वर्गीय जमदार घुमसिंह कठायतकी पत्नी, कैलाली घर भएका १०६ वर्षीया एकल महिला श्रीमती भद्रकाली कठायतलाई सम्मान गरिएको थियो । 
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago