काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ।
समितिको सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो। ‘बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ’, बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले भने।
हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ।
यसअघि नै बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा भने प्रस्ताव गरिसकेको थियो।
यसअघि पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकतवमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले योजना तयार पारी बीमा समितिलाई बुझाएको थियो। कार्यदलले पेस गरेको योजनामा आज तेस्रोपटक बोर्ड बैठकमा छलफल भएको होे। यसअघि दुईपटक यस विषयमा छलफल भइसकेको थियो।
बैठकले २०७९ चैत मसान्तभित्र कम्पनीहरुले तोकिएको चुक्तापुँजी पुर्याउनुपर्ने निर्णय पनि गरेको छ।
बैठकले अब ३० दिनभित्रमा बीमा कम्पनीहरुलाई तोकिएको पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिने पनि निर्णय गरेको छ। ‘सम्बन्धित कम्पनीको पुँजी वृद्धि योजनालाई अध्ययन गरेर र ती कम्पनीको आवश्यकतालाई समेत दृष्टिगत पुँजी वृद्धि योजना स्वीकृत गरिनेछ’, बीमा समितिको सञ्चालक समितिका एक सदस्यले भने, ‘पुँजी वृद्धिको विकल्पका रुपमा मर्जर, बोनस सेयर र हकप्रदसमेतमा जान सकिनेछ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…