मन्त्री बडूको घरमा ‘दलाल मन्त्री मुर्दावाद’ को कालो झण्डा

दार्चुला: कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् ।

एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोध गरेको उनकाे भनाइ छ ।

बडूकाे घरमा टाँगिएकाे ब्यानरमा दलाल मन्त्री मुर्दावाद, एमसीसी खारेज गर लगायतका नारा लेखिएको छ । विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालाे झण्डा राखेकाे विषयमा प्रहरी बेखबर रहेको छ । त्यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसिको विरोधमा प्रर्दशन गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago