बेलायती सेनामा र सिंगापुर प्रहरीमा नेपाली छानिए

काठमाडौँ: बेलायती सेनामा २ सय १८ र सिंगापुर प्रहरीमा १ सय ४० गरी ३ सय ५८ नेपाली भर्ती भएका छन् । बेलायती सेना मुख्यालयले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा ‘इन्टेक–२०२२’ अन्तर्गत उनीहरूलाई छनोट गरेको हो । क्षेत्रीय छनोट प्रतिस्पर्धामा ७४ जिल्लाका ८ हजार युवा सहभागी थिए ।

मुख्यालयले यो वर्ष ब्रिगेड अफ गोर्खाज बेलायतमा २ सय ३० जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसमा १ सय ४० जना छनोट गर्ने जनाएको थियो । अन्तिम प्रतिस्पर्धामा ब्रिटिस आर्मीतर्फ संख्या कटौती गरिएको छ । छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले कसम परेड गराएका छन् ।
यो पटक १९ देखि २१ वर्षसम्म उमेरकालाई मात्र अनलाइनबाट फाराम भराइएको थियो । यसअघि उमेर १८ वर्षभन्दा माथिकाले अवसर पाउँथे । यसअघि सामान्य अवस्थामा ब्रिटिस गोर्खा भर्तीका निम्ति पूर्वको धरान र पश्चिमको पोखरामा क्षेत्रीय छनोट गरिन्थ्यो । अन्तिम छनोट मात्र पोखरामा हुन्थ्यो । कोरोना महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम छनोट पोखरामा हुँदै आएको छ । सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो । यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।

Comments
Kamal Panthi

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago