गाउँकार्यपालिकाको वैठक पेपरलेस, एक विद्यालय एक नर्सको ब्यवस्था जस्ता महत्वाकांक्षी योजना रहेको
पाल्पा, ९ असार ।
रैनादेवीछहरा गाँउपालिका पाल्पाले आगामी वर्षको निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । १२ औं गाउँसभामा आर्थिक बर्ष २०७९/८० का लागी नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाको प्रमुख आतिथ्यतामा गाउँसभा सुरु भएको हो । गाउँसभामा प्रमुख अतिथि मन्त्री रानाले स्थानीय सरकार गाउँघरकै सरकार भएकाले ठूला सपना बाढ्नु भन्दा साना-साना आवश्यकतालाई पूर्ती गर्नुपर्ने बताउनुभयो । मन्त्री रानाले गाउँपालिकाले जनताको सेवा प्रवाहमा ध्यान दिदै समस्याका चाङहरुलाई घटाउदै लग्नुपर्ने उल्लेख गर्नुभयो।
गाउँसभामा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङगत भट्टराईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुखि रैनावासी र समृद्ध रैनादेवीको सपना साकार पार्ने योजना सार्बजनिक गर्नुभयो । नीति तथा कार्यक्रममा उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, धार्मिक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी बनाउने योजना तथा कार्यक्रम उल्लेख छ ।
नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, मासु, दुध, तरकारी र अण्डामा आत्मनिर्भर पालिका निर्माण, कृषि एम्बुलेन्स, सुलभ कर्जा कार्यक्रम, आठ वडाका आठ पर्यटकीय क्षेत्र प्रर्वद्धन कार्यक्रम समेटिएको बताउनुभयो । त्यसैगरी शिक्षामा सबैको पँहुच, टिकाउ र गुणस्तरीय शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, एक विद्यालय एक नर्श कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम समेटिएको छ ।
यस्तै गाँउपालिकालाई शून्य होम डेलिभरी, पूर्ण सरसफाई कार्यक्रम, जेष्ठ नागरिक र अपाङगसंग अध्यक्ष कार्यक्रम, एक हजार परिवारको निशुल्क स्वास्थ्य वीमा कार्यक्रम संचालन गरिने जस्ता महत्त्वपुर्ण योजना रहेका छन । विगतका वर्षहरुमा सचालित राम्रा कार्यक्रमहरुको निरन्तरता दिदै यो वर्ष एक घर एक धारा, धार्मिक सास्कृतीक संरक्षण, युवा संग उपाध्यक्ष कार्यक्रम, एक सय युवा उद्यमी तयार पार्ने, सबै वडामा बस संचालन गर्ने मोटरवाटो निर्माण र स्तोरन्नतीका योजनाहरु रहेको छ ।
विभिन्न राजनीतिक दलहरु, सरोकारहरु व्यक्तिहरुको सहभागितामा आयोजित गाउँसभामा आफ्नै बसपार्क निर्माण, सुरक्षित नागरिक आवास कार्यक्रम, काठेपोलहरु विस्थापन गर्ने, वडा तथा गाउँपालिकाको सेवा प्रवाहमा डिजिटलाइजेसन, गाउँकार्यपालिकाको वैठक पेपरलेस, इन्टरनेट सेवा विस्तारका योजनाहरु संचालन गरिने अध्यक्ष भट्टराईले नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । सामाजिक सुरक्षा भत्ता नागरिकको घरदैलोमा, तथा नागरिकलाई प्रवाह गर्ने सेवा प्रवाहमा चुस्त र छरितो गर्ने कार्यक्रमहरु संचालन हुने उल्लेख छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…