काठमाडौँ: संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको निवासमा रहेको संग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ ।
पौभा चित्र निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आज जोशी निवास पुगी सो जानकारी गराएका हुन् ।
केही समयअघि संस्कृतिविद् जोशीले आफूलाई घरमा बोलाएर निवासमा बनेको संग्रहालयमा आफ्नो अन्तिम इच्छा बमोजिम चक्रसंवर पौभा भित्ते चित्र निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका मन्त्री श्रेष्ठले जानकारी दिए । संस्कृतिविद् जोशीको आग्रह अनुसार नै मन्त्रालयले बजेट विनियोजन गरेको जनाइएको छ । रासस
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…