खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग

खोटाङ: खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो ।

यस बारेमा थप अनुसन्धान थालिएको डिएसपी लम्सालले बताए । ‘बिरामी बोक्नु पर्ने एम्बुलेन्सले अरू प्यासेञ्जर बोकेर गाउँमा गएको देखिन्छ । जुन प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गर्नुपर्ने हो त्यो प्रयोजनमा प्रयोग भएको पाइएन । त्यस कारणले कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ,’ डिएसपी लम्सालले भने, ‘अप्ठ्यारोमा परेका बिरामी रेस्क्यू गर्नका लागि एम्बुलेन्सले सहुलियत पाएको हुन्छ । बिरामी नबोक्ने, अरू प्यासेञ्जर बोकेर हिँड्ने गर्नु त भएन । जे प्रयोजनका लागि ल्याइएको हो त्यो प्रयोजन विहीन हिसाबले चलाएकाले कारबाहीका लागि पठाइएको हो ।’

गाउँघरमा मट्टिमाला, पुलिक लगायतका पुराना चिजबिज खोज्दै हिँड्ने व्यक्तिलाई बोक्नका लागि सो एम्बुलेन्स प्रयोग गरेको जनाइएको छ । भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक संघलाई सन् २०१५ मा सो एम्बुलेन्स दिएको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago