इटहरी उपमहानगरकाे प्रमुखमा कांग्रेसका हेमकर्ण पौडेल विजयी

विराटनगर- सुनसरीको इटहरी उपमहानगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन्।

गठबन्धनतर्फबाट उम्मेदवार भएका पौडेलको नेतृत्वमा उपमहानगरपालिकामा पहिलो पटक कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मदेवार यामकुमार सुब्बालाई ५ हजार १८ मतको अन्तरले पराजित गरेका हुन्। पौडेलले ३३ हजार ४९ मत हासिल गर्दा सुब्बा २८ हजार ३१ मतमा सीमित भए। त्यसैगरी, राप्रपाका उम्मेदवार आकाश लिम्बू ३ हजार ९०८ मतसहित तेस्रो स्थानमा रहे।

अर्कोतर्फ, उपमेयरमा एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी ३२ हजार ४३६ मतले विजयी भएकी छन्। चौधरीले नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टलाई १४ हजार ४ सय ५ मतको अन्तरले पराजित गरेकी हुन्।राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव विष्टले १८ हजार ३१ मत पाएका छन्। मेयरमा विजयी पौडेल २०५७ सालमा इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्ववियुमा जितेर राजनीतिमा सक्रिय हुँदै आएका हुन्।

कम्युनिष्टको पडक क्षेत्रका रुपमा स्थापित रहेको इटहरीको मेयरमा विजयी पौडेलले आगामी कार्यकालमा इटहरीको विकास र जनताको अपेक्षा अनुरूप काम गर्ने बताएका छन्।

२० वटा वडा रहेको उपमहानगरपालिकामा मेयरमा पौडेलले जित निकाले पनि वडामा ५ वटामा जित हात पारेको छ।यसअघिको निर्वाचनमा कांग्रेसले १२ वटा वडामा जित निकालेको थियो। यसपटक वडामा नेकपा एमालेले वर्चश्व छ। एमालेले १४ वटा वडामा जित सुनिश्चित गरेको छ। त्यसैगरी, १४ वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

यसअघिका मेयर एमालेका नेता द्वारिकालाल चौधरी उपमहानगरमा पटक-पटक विवादमा पर्दै आएका थिए। उनको अभिव्यक्ति र कार्यशैलीका कारण जनतासमेत आजित भएका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago