वीरगञ्जको मेयरमा राजेशमान सिंह विजयकुमार सरावगीभन्दा १५ हजार मतले अगाडि

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १५ हजार ३३६ मतले अगाडि छन्।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार मेयरमा जसपाका राजेशमान सिंहले ३२ हजार १५८ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार एमालेका विजय सरावगीले १६ हजार ८२२ मत प्राप्त गरेका छन्।

यस्तै, पाँच दलीय गठबन्धनकै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले २२ हजार १०५ मत ल्याएका छन्। एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ५ हजार २६६ मत ल्याएका छन्।

यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरिले २ हजर ३५९ मत प्राप्त गरेका छन्। उपमेयरमा बिना जैसवालले ४ हजार १३४ मत प्राप्त गरेकी छन्। उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले २ हजार ९९५ मत ल्याएकी छन्।

वीरगञ्ज महानगरमा सतारूढ पाँच दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन बनेको छ भने अर्कोतर्फ एमाले र लोसपाबीच अर्को गठबन्धन बनेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago