वीरगञ्जको मेयरमा राजेशमान सिंह विजयकुमार सरावगीभन्दा १५ हजार मतले अगाडि

२०७९, ८ जेष्ठ आईतवार ११:०९

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १५ हजार ३३६ मतले अगाडि छन्।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार मेयरमा जसपाका राजेशमान सिंहले ३२ हजार १५८ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार एमालेका विजय सरावगीले १६ हजार ८२२ मत प्राप्त गरेका छन्।

यस्तै, पाँच दलीय गठबन्धनकै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले २२ हजार १०५ मत ल्याएका छन्। एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ५ हजार २६६ मत ल्याएका छन्।

यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरिले २ हजर ३५९ मत प्राप्त गरेका छन्। उपमेयरमा बिना जैसवालले ४ हजार १३४ मत प्राप्त गरेकी छन्। उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले २ हजार ९९५ मत ल्याएकी छन्।

वीरगञ्ज महानगरमा सतारूढ पाँच दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन बनेको छ भने अर्कोतर्फ एमाले र लोसपाबीच अर्को गठबन्धन बनेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु