अर्जुनधाराको मेयरमा एमालेका बलदेवसिंह र उपमेयरमा एमालेकि खड्गमाया विजयी

एमालेका तर्फबाट बलदेवसिंह गोम्देन तामाङ १९१६९ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रंजिता कार्कीलाई ५४२६ मतले हराएका हुन् । कार्कीले १३७४३ मत प्राप्त गरिन् । मेयरमा निर्वाचित तामाङ यसअघि वडा नं १० का वडाध्यक्ष रहेका थिए । त्यस्तै सोही पदमा निर्वाचन लडेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यकुमार खतिवडाले १६०८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकै खड्गमाया पराजुली निर्वाचित भएकी छन् । १७६३७मत पाएकी पराजुलीले गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जितेश योन्जनलाई ८५७६ मतले पराजित गरिन् । योन्जनले ८०७१ मत प्राप्त गरेका छन् । सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी तारादेवी बस्नेतले २४७० र उन्नत लोकतन्त्र पार्टीका चित्रबहादुर वि.कले २३ मत ल्याएका छन् ।

११ वटा वडा रहेको अर्जुनधारामा कांग्रेसले ७ वटा वडाध्यक्ष जितेको छ भने एमाले ४ वटामा सीमित भएको छ । वडा नं १ मा कांग्रेसका उपेन्द्र बस्नेत, २ मा कांग्रेसकै नरेन्द्रकुमार श्रेष्ठ, ३ मा कांग्रेसकै सिताराम भट्टराई ,४ मा कांग्रेसकै अम्वरबहादुर कटुवाल , ५ मा पनि कांग्रसकै गिताराज खड्का ,६ मा पनि कांग्रेसकै हरिसचन्द्र बाँस्तोला ,७ मा एमालेका गोविन्दप्रसाद खतिवडा , ८ मा एमालेका कुमारप्रसाद उप्रेती ,९ मा कांग्रेसका भीष्म मिश्र ,१० मा एमालेका भुपेन्द्र नेउपाने र ११ मा पनि एमालेकै खगेन्द्र इङनाम निर्वाचित भएका छन् । गत निर्वाचनमा पनि एमालेले मेयर र उपमेयर जितेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago