अर्जुनधाराको मेयरमा एमालेका बलदेवसिंह र उपमेयरमा एमालेकि खड्गमाया विजयी

२०७९, ८ जेष्ठ आईतवार १०:५९

एमालेका तर्फबाट बलदेवसिंह गोम्देन तामाङ १९१६९ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रंजिता कार्कीलाई ५४२६ मतले हराएका हुन् । कार्कीले १३७४३ मत प्राप्त गरिन् । मेयरमा निर्वाचित तामाङ यसअघि वडा नं १० का वडाध्यक्ष रहेका थिए । त्यस्तै सोही पदमा निर्वाचन लडेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यकुमार खतिवडाले १६०८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकै खड्गमाया पराजुली निर्वाचित भएकी छन् । १७६३७मत पाएकी पराजुलीले गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जितेश योन्जनलाई ८५७६ मतले पराजित गरिन् । योन्जनले ८०७१ मत प्राप्त गरेका छन् । सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी तारादेवी बस्नेतले २४७० र उन्नत लोकतन्त्र पार्टीका चित्रबहादुर वि.कले २३ मत ल्याएका छन् ।

११ वटा वडा रहेको अर्जुनधारामा कांग्रेसले ७ वटा वडाध्यक्ष जितेको छ भने एमाले ४ वटामा सीमित भएको छ । वडा नं १ मा कांग्रेसका उपेन्द्र बस्नेत, २ मा कांग्रेसकै नरेन्द्रकुमार श्रेष्ठ, ३ मा कांग्रेसकै सिताराम भट्टराई ,४ मा कांग्रेसकै अम्वरबहादुर कटुवाल , ५ मा पनि कांग्रसकै गिताराज खड्का ,६ मा पनि कांग्रेसकै हरिसचन्द्र बाँस्तोला ,७ मा एमालेका गोविन्दप्रसाद खतिवडा , ८ मा एमालेका कुमारप्रसाद उप्रेती ,९ मा कांग्रेसका भीष्म मिश्र ,१० मा एमालेका भुपेन्द्र नेउपाने र ११ मा पनि एमालेकै खगेन्द्र इङनाम निर्वाचित भएका छन् । गत निर्वाचनमा पनि एमालेले मेयर र उपमेयर जितेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु