तिलोत्तमा मुलुककै पहिलो अन्तर्राष्ट्रिय मापदण्ड प्रमाणित नगरपालिका

रूपन्देही रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ। नगरपालिकाले प्रदान गर्ने सेवाहरु गुणस्तरीय रहेको भन्दै आइएसओ २००१–२०१५ चिन्ह प्राप्त गरेको हो।

फाइल फोटो

नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित चिन्ह प्राप्त गरेको हो।नगरपालिकाले प्रवाह गरेका सेवाको स्तर विभिन्न चरणमा परीक्षण गरि गुणस्तरिय रहेको पुष्टि गरेपछि उक्त चिन्ह प्रदान गरेको हो। सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा आइएसओ सर्टिफिकेसन नेपालका डाईरेक्टर सुदिप शर्मा सुवेदीले नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई उक्त प्रमाण चिन्ह प्रदान गरेका हुन्।सुवेदीले नगरपालिकाले प्रवाह गरेका विभिन्न ३६ वटा सेवामा मापदण्ड पुरा गरेको पाईएपछि प्रमाणचिन्ह प्रदान गरिएको जानकारी दिए।

नगरपालिकाले आगलागी नियन्त्रण, प्राथमिक उपचार, सूचना प्रणालीको व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन, जनप्रतिनिधि तथा कर्मचारीको सांगठनिक संरचना, विकासमा नयाँ कुराहरुको खोजी तथा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका कामहरुका बारेमा तीन पटकसम्म परीक्षण गरिएको थियो।नगरपालिकाको प्रवेशद्वार, सुरक्षा तथा कर्मचारीको पोशाकलाई व्यवस्थित गर्नुपर्ने अवस्था देखिए पनि अन्य नगरवासीले प्राप्त गर्ने सेवाहरु भने उत्कृष्ट पाईएको सुवेदीले बताए। आइएसओको टिमले मंसिर ७, पुस ३ र माघ २८ गते  नगरपालिकाबाट प्रवाह भईरहेका सेवाहरुको मूल्यांकन तथा परीक्षण गरेको थियो।

नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक क्षेत्रमा पहिलो बन्ने क्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणमा पनि मुलुकभरका स्थानीय तहहरुमा तिलोत्तमा पहिलो बन्न सकेकोमा खुसी व्यक्त गरे।‘अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त पछि हामीले प्रदान गरेका सेवाहरु गुणस्तरीय छन् भन्ने पुष्टि भएको छ,’ घिमिरेले भने।नगरपालिकाले अहिले प्राप्त गरेको प्रमाण चिन्ह २ वर्षसम्म कायम रहने भए पनि अहिलेको गुणस्तरको दिगोपनका लागि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधlले मात्र नभई नगरबासीले समेत यसको गरिमा बचाउने गरि भूमिका निर्वाह गर्न आग्रह गरे।

नगरप्रमुख घिमिरेले विकास निर्माण र नागरिकले प्राप्त गर्ने नियमित सेवामात्र नभई नगरपालिकाले सामाजिक क्षेत्रका वहुआयामिक आधारहरु निर्माणमा समेत सफल भएको बताए।‘नेपालमा विभिन्न संघसंस्था तथा उत्पादित वस्तुले गुणस्तर मापन चिन्ह लिने परम्परा रहे पनि स्थानीय सरकारले गुणस्तर चिन्ह प्राप्त गरेको भने पहिलो भएको दाबी गरे।‘हामीले नै पहिलो पटक गुणस्तर चिन्ह प्राप्त गरेकोले हामीलाई मात्र नभई नेपालको लागि समेत यो नौलो अनुभव हो,’ उनले भने।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगरपालिकाले फोहोरमैला व्यवस्थापन, घरनक्सा पास, अनलाइन राजश्व संकलन, भू-उपयोग सम्बन्धी कार्य, कर तथा राजश्व संकलन र परिचालन र बालमैत्री नगरपालिका घोषणा समेत भईसकेकोले अब नयाँ कामहरुसँगै अहिलेसम्म भएका कामहरुको दिगोपनको लागि लाग्नुपर्ने बताए।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago