को बन्लान् कांग्रेसबाट काठमाडौंमा मेयरका उम्मेदवार

काठमाडौं: संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिले तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, उहाँले तयार हुन भन्नुस् भनिसक्नुभएको छ ।’

पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । २०७४ सालमा पनि उनी मेयरका दाबेदार थिए ।

यो पटक पनि उनी दाबेदार हुन् । तर कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । त्यसैले मेयरको टिकट हात पार्न डंगोलले सिंहको पनि साथ पाउनुपर्ने हुन्छ । नेता सिंहले भने महानगरकै उपमेयर हरिप्रभा खड्गीलाई मेयरमा अघि सार्न खोजेका छन् । प्रधान भन्छन्, ‘प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई उपमेयरको उम्मेदवार बन्ने अवस्था आए डंगोललाई स्वीकार्नु होला जस्तो लाग्छ ।’

डंगोललाई सिंहले स्वीकार नगर्ने र खड्गीलाई उम्मेदवार बनाउन देउवा तयार नभए तेस्रो विकल्पको खोजी हुनसक्ने जिल्ला तहका एक नेता बताउँछन् ।त्यो बेला सपना जोशीको सम्भावना हुन्छ । जोशी दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी हुन् ।

कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँ भने सांसद भीमसेनदास प्रधानलाई नै मेयरमा अघि सार्न चाहन्छन् । बानियाँ निकट एक जिल्ला तहका नेताले भने, ‘भीमसेन दाइ मेयरमा उठ्नुभयो भने सबुज दाइलाई काठमाडौं-६ बाट सांसदको टिकट पाउने बाटो खुल्छ ।’ प्रधानले भने सांसद पद त्यागेर महानगरको प्रमुखमा उम्मेदवारी दिने रुचि नभएको बताएका छन् ।

अरु पनि छन् मेयरका आकांक्षी

बायाँबाट क्रमश: प्रगतिमान रञ्जित, राजुराज जोशी, मुकुन्द रिजाल र नीलकाजी शाक्य ।
काठमाडौं महानगरको प्रमुख उम्मेदवार बन्ने दौडमा राजुराज जोशी, नीलकाजी शाक्य, सुशन वैद्य, प्रगतिमान रञ्जित, मुकुन्द रिजाललगायत छन् । जोशी अघिल्लो निर्वाचनमा पराजित भएका थिए । काठमाडौं २५ का वडाध्यक्ष शाक्य काठमाडौं महानगरको कांग्रेस सभापति हुन् ।

बैद्य महानगरपालिकाका सचिव हुन् । रञ्जितले काठमाडौं महानगरको कांग्रेसको सभापतिमा पराजय भोगेका थिए । उनी वडा नम्बर १६ का वडाअध्यक्ष पनि हुन् ।

जोशी, शाक्य र रिजाल नेता प्रकाशमान सिंह निकट हुन् । रञ्जित सभापति देउवा पक्षधर हुन् भने वैद्य महामन्त्री गगन थापा निकट छन् । ‘महानगरको प्रमुखमा आकांक्षी धेरै नै हुनुहुन्छ । युवापुस्ताबाट उम्मेदवार बनाउनुपर्छ भन्ने आवाज पनि उठेको छ’, प्रमुखका आकांक्षी वैद्यले भने ।

महानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ । महानगर समितिले सिफारिस गरेका तीन नाम (एक महिला अनिवार्य) मध्येबाट केन्द्रले उम्मेदवार चयन गर्नेछ । चैत ११ मा बस्ने केन्द्रीय समिति बैठकले संसदीय समिति गठन गर्नेछ भने आसन्न निर्वाचनमा तालमेल गर्ने/नगर्ने निर्णय पनि लिनेछ ।

गत निर्वाचनको समीकरण र मत परिणाम

काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मतसहित विजयी भएका थिए । काठमाडौं महानगरमा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्की ५८ हजार ९५२ सहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वीराजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरी पराजित बनेका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago