संख्या नपुग्दा प्रदेशसभा बैठक सुरू हुन सकेन

मकवानपुर: सांसदको गणपूरक संख्या नपुग्दा वाग्मती प्रदेशसभाको बैठक सुरु हुन सकेको छैन । दिउँसो १ बजेका लागि बोलाइएको बैठक गणपूरक संख्या नपुग्दा अझै सुरु भएको छैन ।

विवेकशील साझा संसदीय दलका नेता रमेश पौड्यालका अनुसार सांसदको गणपुरक संख्या नपुगेका कारण बैठक सुरु हुन अझै केही समय लाग्ने देखिएको हो ।
‘तोकिएकोभन्दा ३० मिनेट ढिलो भइसकेको छ । अहिलेसम्म २४ जना सांसदले मात्र मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् । जसको कारणले गर्दा बैठक सुरु हुन नसकेको हो ,’ उनले भने । प्रदेशसभा नियमावली अनुसार कूल सांसदको एकचौथाइ उपस्थित हुनु अनिवार्य रहन्छ ।

हालको अवस्थामा २८ जना सांसदले उपस्थितिमा हस्ताक्षर गरेपछि मात्र बैठक सुरु हुन्छ । ‘सांसदहरू गैरजिम्मेवार देखिए । जसको कारण प्रदेशसभाको बैठक सञ्चालन भएन ,’ उनले भने ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago