नेप्से १७ अंकले बढ्यो, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो कारोबारको दिन मंगलबार १७ अंकले बढेको छ । साताको दोस्रो दिनको कारोबारमा नेप्से १७.४२ अंकले बढेको हो । पहिलो कारोबारको दिन आइतबार ३९ अंकले घटेको बजार सोमबार २५ अंकले बढेको थियो ।

मंगलबार २७१८.५१ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७३५.९३ अंकमा उक्लिएको छ। आजको कारोबारमा सेयर बजार परिसूचक ०.६४ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४.३६ अंक अर्थात ०.८४ प्रतिशतले बढेर ५२३.१५ अंकमा उक्लिएको छ ।

मंगलबारको कारोबारमा २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रूपैयाँ बराबरको ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर ४८ हजार १ सय ९५ पटक खरिद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोबार रकम केही बढेको छ । सोमबार २ अर्ब ९९ करोड बराबरको सेयर खरिद बिक्री भएको थियो ।

बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५० कम्पनीको सेयर मूल्य घटेको छ ।

मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी तथा युनाइटेड आइडिया मार्दी आरबी हाइड्रो पावरको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ ।

आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा सामलिङ पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, कर्पोरेट डेभलोमेन्ट बैंक, बरूण हाइड्रो पावर लगायतक कम्पनीहरू रहेका छन् ।

समूहगत परिसूचकतर्फ आज कारोबार भएका म्यानिफ्याक्चरिङ एण्ड प्रोडक्सन तथा इन्भेष्टमेन्ट बाहेक अन्य समूह परिसूचकहरू सेयर मूल्य बढेको छ ।

आज गुमाउने पाँच कम्पनीमा सिभिल लघुवित्त, नेपाल हाइड्रो डेभलोपर्स, मेगा म्युचल फण्ड, प्रिमियर लाइफ इन्सोरेन्स तथा समिट लघुवित्त रहेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago