सांकेतिक फाइल फोटो
काठमाडौं । कल सेन्टरको आवरणमा विभिन्न चिनियाँ एप्स प्रयोग गरी भारतीयलाई लोन दिने र पैसा उठाउने समूह काठमाडौंबाट पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बानेश्वरस्थित लेवन ग्रुप अफ कम्पनीका ३७ जना कर्मचारीलाई पक्राउ गरेको हो ।
सोमबार पक्राउ गरिएकामध्ये एक चिनियाँ नागरिक र १३ जना युवती पनि छन् । चिनियाँहरूले कल सेन्टरमा काम गर्ने भन्दै नेपाली युवा युवतीलाई भर्ना गर्ने र चिनियाँ एप्समार्फत भारतीयलाई एक साताका लागि २० हजार रूपैयाँसम्म लोन उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ । निर्धारित समयभित्र पैसा नदिए मोटो रकममा ब्याज असुल्ने गरेको प्रहरीको दाबी छ ।
उक्त कम्पनीमा काम गर्ने नेपाली कर्मचारीलाई मासिक १५-१८ हजारसम्म तलब । उक्त रकम चीनबाटै भुक्तान गर्ने गरिएको प्रहरीले जनाएको छ । नेपालीको नाममा कम्पनी रहेपनि लगानीकर्ता भने चीनमै बसेर काम गर्ने गरेको पाइएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…