नेपालमा बसेर चाइनिज एप्समार्फत भारतीयलाई लोन, १३ युवतीसहित ३७ जना पक्राउ

काठमाडौं । कल सेन्टरको आवरणमा विभिन्न चिनियाँ एप्स प्रयोग गरी भारतीयलाई लोन दिने र पैसा उठाउने समूह काठमाडौंबाट पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बानेश्वरस्थित लेवन ग्रुप अफ कम्पनीका ३७ जना कर्मचारीलाई पक्राउ गरेको हो ।

सांकेतिक फाइल फोटो

सोमबार पक्राउ गरिएकामध्ये एक चिनियाँ नागरिक र १३ जना युवती पनि छन् । चिनियाँहरूले कल सेन्टरमा काम गर्ने भन्दै नेपाली युवा युवतीलाई भर्ना गर्ने र चिनियाँ एप्समार्फत भारतीयलाई एक साताका लागि २० हजार रूपैयाँसम्म लोन उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ । निर्धारित समयभित्र पैसा नदिए मोटो रकममा ब्याज असुल्ने गरेको प्रहरीको दाबी छ ।

उक्त कम्पनीमा काम गर्ने नेपाली कर्मचारीलाई मासिक १५-१८ हजारसम्म तलब । उक्त रकम चीनबाटै भुक्तान गर्ने गरिएको प्रहरीले जनाएको छ । नेपालीको नाममा कम्पनी रहेपनि लगानीकर्ता भने चीनमै बसेर काम गर्ने गरेको पाइएको छ ।

प्रहरीकाअनुसार ती चिनियाँ एप्समार्फत भारतीयले लोनका लागि एप्लाई गर्ने र त्यसरी एप्लाई गर्दा उनीहरूले आफ्ना सबै सरकारी विवरण उल्लेख गर्नुपर्ने शर्त छ ।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago