मधेस प्रदेशको प्रदेशसभा बैठक २२ फागुनसम्म स्थगित

काठमाडौं मधेस प्रदेशको मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो ।

फाइल फोटो
नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । 

त्यस्तै, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पनि पारिवारिक भ्रमणमा भारत गएका छन् । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी प्रस्तावका बारेमा छलफल गर्न प्रदेश सभाको बैठक मंगलबार अपराह्न २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक आज पुनः सुरु हुने तय भएको थियो । 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago