पोखरा- कास्की २ को मतगणना सुरु भएको छ। ५४० मतगणना हुँदासम्म प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ।
पोखरा महानगरपालिका-१५ कोलपाटनको मतगणना चलिरहेको छ। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन्। उनले १६२ मत पाएका छन्। नेकपा एमालेकी विद्या भट्टराईले १२२ मत पाएकी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बरालले ११० मत पाएका छन्।
प्रदेशसभामा राप्रपका विजयबहादुर भण्डारी अगाडि छन्। उनले १९८ मत प्राप्त गर्दा नेकपा एमालेका भीम कार्कीले १४५, गठबन्धनकातर्फबाट माओवादी केन्द्रका विश्वप्रकाश लामिछालेले १०६, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन्।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…