झापा क्षेत्र नं १ र ४ मा पनि गणनाका लागि तयारी गरिँदै

झापा । झापाको निर्वाचन क्षेत्र नं २ मा मतगणना शुरु भइसक्दा क्षेत्र नं १ र ५ मा पनि गणना शुरु गर्न सर्बदलीय बैठक बस्दैछ ।

सबै मतपेटिका संकलन भइसकेकाले गणना गर्नका लागि सर्बदलीय बैठक बोलाइएको हो । अहिले ८ बजे सर्वदलीय बैठक बोलाइएको हो । सम्बन्धित क्षेत्रका राजनीतिक दल र उम्मेदवारहरुको बैठकको निर्णय अनुसार ती क्षेत्रमा पनि छिट्टै मतगणना शुरु गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए ।

झापा क्षेत्र नं २ मा भने मतगणना शुरु भएको छ । बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना शुरु गरिएको हो । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ ।

अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो । त्यसपछि बिहान ९ बजेबाट अन्य ८ ठाउँमा मतगणना हुने जनाइएको छ । अहिले एक ठाउँमा मतगणना शुरु गरिएकोमा बिहान ९ बजेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रदेशसभाको प्रत्यक्षतर्फ २ ठाउँ , प्रतिनिधिसभाको समानुपातिकतर्फ २ ठाउँ र प्रदेशसभाको समानुपातिकतर्फ २ ठाउँ गरी थप ८ ठाउँमा गणना गर्नेगरी तयारी थालिएको छ ।

यस क्षेत्रमा एमालेका देवराज घिमिरे , गठबन्धनका हरि राना , स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

त्यस्तै झापा ३ मा बिहान ८ बजेदेखि मतगणना शुरु हुँदैछ । सर्बदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको गणना शुरु हुने प्रदेश सभा सदस्यका उम्मेदवार बसन्त बानियाले जनाएका छन् ।

त्यस्तै झापा क्षेत्र नं ५ मा पनि बिहान ८ बजेबाट गणना शुरु हुनेछ । झापा ५ मा राति ३.३० बजे मात्र मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ । जसले गर्दा रातिदेखि नै गणना सुरु गर्ने भनिए पनि अहिले विहान ८ बजेबाट सुरु गरिने जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago