काठमाडौँ: सुन्दा कुनै ‘साईफाई’ चलचित्र जस्तो लाग्छ । पृथ्वीदेखि चन्द्रमा र चन्द्रमादेखि मंगल ग्रहसम्म चल्ने रेल । नेपालमा भर्खरै पूर्व पश्चिम रेलको लिक निर्माण थालनी भइरहेको बेला जापानमा पृथ्वीदेखि मंगल ग्रहसम्म चल्ने रेलबारे अनुसन्धानकर्ताहरुले योजना सुनाइरहेका छन् ।
जापानको क्युटेक विश्वविद्यालयको ह्युमन स्पेसोलोजी सेन्टरका अनुसन्धानकर्ता र जपानी काजिमा कर्पोरेसनले जुलाई पहिलो साता पृथ्वीदेखि मंगल ग्रहसम्म चल्ने रेलको योजनाबारे जानकारी गराएका छन् ।
यो ट्रान्सपोर्टेसन प्रणालीलाई ‘हेग्जागन स्पेस ट्रयाक सिस्टम’ नाम दिइएको छ । जहाँ ‘अन्तरिक्ष रेल’ प्रयोग हुने छ । यो रेल पृथ्वी,चन्द्रामा र मंगल ग्रहबीच चल्नेछ । यो रेलका स्टेसनहरू ग्रहलाई परिक्रमा गर्ने उपग्रहहरूमा हुन जापानी पत्रिकार ‘द आशाही सिम्बुन’लाई उद्धृत गर्दै युकेको ‘इभिनिङ स्ट्यान्डर्ड’ पत्रिकाले लेखेको छ ।
यी रेलहरु जापानी बुलेट रेलहरुभन्दा ठूला हुने र रकेट इन्जिनबाट सञ्चालन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । हरेक स्टेनसहरूमा रेलका ६ वटा कारहरू स्टेसनबाट छुट्टिनेछन् र यिनलाई एउटा षट्कोण आकारको क्याप्सुलले बोकेर लैजाने छ ।
विश्वविद्यालयको स्पेसोलोजी सेन्टरले भनेको छ,’अन्तरिक्षमा यी षट्कोणहरु प्रक्षेपण भइरहँदा हरेक सवारी एउटा बारमा रहनेछन् ताकी उनीहरू सिधा भइरहून् ।’
बेस स्टेसनमा आएपछि षट्कोणबाट ती कारहरू पालैपालोसँग छुट्टिनेछन् । एउटा ग्रहको गुरुत्वाकर्षणको प्रभावबाट उम्कनका लागि हरेक लैजाने र ओराल्ने सवारीमा रकेट इजेक्सन उपकरणहरुको प्रयोग हुनेछ । यसले अन्तरिक्षमा उक्त सवारीको गति पनि बढाउने उनीहरुले जनाएका छन् ।
वायुमण्डल नभएको बेला स्पेस रेलका पंखाहरु फैलने र एउटा लिफ्टको पनि प्रयोग हुनेछ । चन्द्रमा र मंगल ग्रहमा यिनीहरु उच्च गतिको रेल्वे लाइनमा सञ्चालन हुनेछन् जहाँ एक अर्को सहर जोड्ने सञ्जाल हुनेछ ।
यी अन्तरिक्ष रेलहरुले मानिसलाई कृत्रिम रुपमा पृथ्वीको जस्तै गुरुत्व बलको आभास हुने किसिमका हुनेछन् । जसबाट पृथ्वीको जस्तै अनुभव हुनेछ ।
चन्द्रामा लुनार ग्लास र मंगल ग्रहमा मार्स ग्लासको सुविधा हुनेछन् । यी ग्लासहरूमा पृथ्वीको जस्तै जंगल, पानी फोहोरालगायत जैविक विविधता झल्कने किसिमको वातावरण हुने निर्माणकर्ताले जनाएका छन् ।
स्पेसोलोजी सेन्टरका निर्देशक युशोके यामाशिखीले गत जुलाई पहिलो साताको पत्रकार सम्मेलनमा ‘अन्तरिक्षमा विकासमा यस किसिमको अन्य योजना अन्य कुनै देशहरूले गरेका छैनन्’ भनेका थिए । उनले आफूहरुको योजना भविष्यमा मानिसहरुलाई अन्तरिक्षमा बस्न सक्ने प्रविधिको विकासमा सघाउ पुर्याउने पनि जनाएका छन् ।
अनुसन्धानकर्ताहरुले यो योजना सार्वजनिक गरिरहँदा भने यसको लागत भने धेरै नै खर्चिलो हुनेछ । उनीहरुले एउटा सामान्य प्रोटोटाइप चाहिँ सन् २०५० सम्ममा प्रयोग गर्ने तयारी गरेका छन् । उनीहरुले सार्वजनिक गरेको योजना कार्यान्वयन र निर्माणमा सय वर्ष लाग्ने जनाएका छन् ।
उक्त पत्रकार सम्मेलनमा ह्युमन स्पेसोलोजी सेन्टरले भनेको छ,’अब मानव जाती पृथ्वीमा बस्ने युगबाट चन्द्रामा र मंगल ग्रहमा बस्ने युगतिर लम्कदै गइरहेको छ । ‘
योजना सार्वजनिक भएपनि कस्तो किसिमको वातावरण र अन्य सुविधाहरु आवश्यक पर्ने भन्नेबारे अध्ययन भइसकेको छैन । कस्ता प्रविधिहरुले अन्तरिक्ष रेलमा खाना,पोशाक,बसाई र अन्य सामाजिक जीवन कस्तो हुने भन्नेबारे अध्ययनले भनिसकेको छैन । यस विषयमा केन्द्रीत भएर उनीहरुले अनुसन्धान गरिरहेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…