सामूहिक बलात्कार मुद्दाको आदेशमा घूस खाएको आशंका!

नेपालगन्ज: बाँके जिल्ला अदालतमा कार्यरत न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्याय परिषद्ले सर्वोच्च अदालतमा तानेको छ । उनीमाथि उजुरी परेपछि छानबिनका क्रममा सर्वोच्च तानिएको परिषद्ले जनाएको छ ।

मुद्दाको न्याय सम्पादन गर्न बैंकमै रकम जम्मा गराउन थालेपछि उनी जिल्ला अदालत सप्तरीमा रहँदै विवादित थिए । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेका थिए । यसका अतिरिक्त साहले आदेश र फैसला प्रभावित पार्न अधिकारीलाई नगदै दिने गरेको खुलेको थियो । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न रकम लिएको भन्दै परिषद्मा उजुरी दिएका थिए ।
पत्नी सुनीताकुमारीलाई सप्तकोसी–२ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि साहले बहुविवाहको मुद्दा चलाएका थिए । हुसेन पक्राउ परी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए भने सुनीताकुमारी १८ हजार धरौटीमा रिहा भएकी थिइन् ।

उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध मानाचामल मुद्दा हालिन् । बहुविवाहको मिसिलसमेत सामेल गरी नियमअनुसार पेस गर्नु भनी जिल्ला अदालतबाट आदेश भयो । दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार र हुसेनका छोरा मिली सागरकुमारमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारले उजुरीमा लगाएका थिए । फलफूल व्यापारी सागरकुमारले न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैंकमा रहेको खातामा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएको भौचर कान्तिपुरसँग सुरक्षित छ ।

०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालीकोट सरुवा भएका थिए । सप्तरीमा रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा पनि उनी आलोचित भएका थिए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago