युरोपमा उच्च तापक्रमले एक सातामा १ हजार ७ सय भन्दा बढीको मृत्यु

काठमाडौँ: तातो हावाल चल्दा स्पेन र पोर्चुगलमा एक सातामा १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ । सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसको कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् ।

तातो हावाल चलेको कारण मृत्यु हुनेहरुको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ । जसले मुत्यु हुनेहरुको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ । स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ ।

पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् । तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ । ती देशहरुमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौं मानिसको जीवन जोखिममा पारेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago