काठमाडौं: नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । बेलायतको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको नेपाली पासपोर्ट सबैभन्दा कमजोर देखिएको हो । संसारभरिका पासपोर्टहरूको सर्वेक्षणले जापानी पासपोर्ट सबैभन्दा बलियो देखाएको छ । । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये सातौँ स्थानमा देखिएको छ ।

नेपाली पासपोर्ट उत्तर कोरियाभन्दा पनि एक स्थान तल अर्थात् १०६ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५ औं) स्थानमा छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो ।

नेपालभन्दा मुनिका सूचीमा प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । विश्वभरिका देशहरुको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा ११२ औं स्थानमा अफगानिस्तान रहेको छ । जापानी पासपोर्टलाई १९३ मुलुकमा अनअराइभल भिसामार्फत सोझै पहुँच पाउने जनाइएको छ । नेपालको पासपोर्टलाई ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने सो रिपोर्टमा उल्लेख छ ।

जापानसहित सिंगापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेयिा, डेनमार्क, नेदरल्याण्ड र स्वीडेनका पासपोर्ट शक्तिशाली पासपोर्टको सूचीमा अग्रस्थानमा छन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago