नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको गुजारा नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष उमेदवारले जम्मा एक मत पाएका छन् । नेकपा समाजवादीका उमेदवार दीपक चौधरीले वडा भरबाट एक मत मात्रै पाएका हुन् । त्यस्तै उक्त वडाका अन्य तीन वडाध्यक्षका स्वतन्त्र उम्मेदवार शेख कैमुल हक, राजकुमार चौधरी र शेख सैयादले सुन्य मत पाएका छन् ।
उक्त वडामा एमालेका गजेन्द्र चौधरी ८ मतको झिनो अन्तरले वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन् । ५ सय ३० मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित चौधरीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरेका थिए । गुजारा नगरपालिकामा नेकपा समाजवादीबाट मेयरमा केशव राय र उपमेयरमा एतवरियादेवीले उम्मेदवारी दिएका छन् । नगरपालिकाको मतगणना हालसम्म जारी छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…