फाइल फोटो
७ चैत, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थपेका थिए ।
भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष ओली निकट नेताहरू खण्डनमा बोलेका थिए । हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरेका थिए ।
‘अहिले एकताको कुरा गर्नु भनेको त, कमजोर छौं भन्ने सन्देश दिनु हो । यस्तो गर्नु हुन्न’, कार्कीले वाम एकताको प्रस्ताव अगाडि बढाउन नहुने बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार कार्कीलाई महेश बस्नेत, कर्ण थापालगायतले साथ दिएका थिए ।
बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरोबाट पारित भएको छ ।
रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेद्वार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत एजेण्डा केन्द्रीय कमिटी बैठकमा पेश गरिने भएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…