काठमाडौं । रोयल इन्फिल्डको नेपालको लागि आधिकारीक विक्रेता परिवर्तन भएको छ । यसअघि दुगड समूह अन्तर्गतको विवेक अटोमोवाइलले विक्री गर्दै आएको रोयल इन्फिल्ड त्रिबेणी ग्रुपले लिएको हो ।
त्रिबेणी समूहले नेपालमा धेरै किसिमका व्यवसाय गर्दै आएको छ । समूहले उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन तथा टुरिजम, कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस्तोमा समूहले दुई पाङ्ग्रे सवारीसाधनको विक्रीमा समेत हात हालेको हो ।
नेपालमा बुलेट नामबाट चर्चित रहेको ब्राण्ड रोयल इन्फिल्डले उत्पादन गरेका विभिन्न मोडलहरु विक्री वितरण हुँदै आएका छन् । अहिले क्लासिक ३५० नेपालमा सर्वाधिक विक्री हुने ३५० सीसीको मोटरसाइकल हो । त्यस्तै मेटोर ३५०, हिमालयन र इन्टरसेप्टर मोडल विक्री हुँदै आएको थियो ।
विवेक अटोमोवाइलले ५ लाख ४८ हजारदेखि १२ लाख ४९ हजारसम्म मूल्य तोकेर यी मोटरसाइकलहरु विक्री गर्दै आएको थियो । संख्यात्मक रुपमा राम्रै संख्यामा मोटरसाइकल विक्री भइरहेको भएपनि ब्राण्डको विस्तारमा लगानी नगर्दा दुगड समूहले यसको आधिकारीक विक्रेता गुमाएको अनुमान गरिएको छ ।
त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाई सकेको छ ।
‘हामीले काम अगाडि बढाइसकेका छौं । चाँडै आफ्नो योजना सहित ब्राण्डलाई आक्रमक रुपमा अगाडि बढाउन काम गर्ने छौं’, त्रिवेणी ग्रुपका निर्देशक हर्ष संघाईले मेरोअटोसँग भने ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…