बिमस्टेक बैठकः प्रधानमन्त्रीको भर्च्युअल उपस्थिति रहने, परराष्ट्रमन्त्री कोलम्बो जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा भर्चुअल माध्यमबाट उपस्थिति जनाउने भएका छन्।
चैत १६ गतेदेखि हुने बिमस्टेकको पाँचौ शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् भने परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका जाने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने भौतिक रुपमै सम्मेलनमा सहभागी हुनेछन्।

बिमस्टेक परराष्ट्र सचिवस्तरीय बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्याल र सहसचिवस्तरीय बैठकमा मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख घनश्याम भण्डारी पनि कोलम्बो जाने निर्णय सरकारले लिएको छ।

कोरोनाका कारण यसअघि बैठक तीनपटक स्थगित भएको थियो। सम्मेलनमा बिमस्टेकको बडापत्र, बिमस्टेक ट्रान्सपोर्ट कनेक्टिभिटीसम्बन्धी गुरुयोजना र ‘बिमस्टेक कन्भेन्सन अन म्युचुअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स अनुमोदलन गर्ने कार्यसूची रहेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago