युद्धका लागि चीनले रुसलाई हतियार नदिने

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन युद्धका लागि चीनले रुसलाई हतियार नदिने बताएका छन्।

चीनले युक्रेनमा जारी तनाव अन्त्य गर्न सक्दो प्रयास गर्ने अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले बताएका हुन्।

गएको शुक्रबार भएको भिडियो संवादको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

सोही परिवेशमा चिनियाँ राजदूतले युक्रेन युद्धका लागि रुसलाई हतियार सहयोग नगर्ने स्पष्ट पारेका हुन्।

गएको हप्ता रुसले चीनसँग हतियार तथा वित्तीय सहयोग माग गरेको र चीन पनि त्यसका लागि सकारात्मक रहेको दाबीसहितका खबर प्रकाशित भएका थिए। तर चीनले ती दाबी खारेज गरेको थियो।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएससँगको कुराकानीको क्रममा गाङले सार्वजनिक रुपमा पश्चिमा राष्ट्रले रुसको निन्दा गर्नुले संकट समाधानका लागि आवश्यक ‘राम्रो कूटनीति’ लाई सहयोग नगरेको बताए।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago